 
                             
                                            काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५० कायम रहेको छ।
गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ३५, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो २५, तने बोडीको मूल्य प्रतिकिलो ७०, मकै बोडी मूल्य प्रतिकिलो ५० कायम गरिएको छ।
 
  
 
                            प्रकाशित: ७ जेठ  २०८२ ७:३३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 