सुनकोसीमा वयस्क पुरुषको शव फेला, दाहिने हातमा ट्याटु

हिमाल प्रेस ७ जेठ २०८२ ६:५७ | Wednesday, May 21, 2025
सुनकोसीमा वयस्क पुरुषको शव फेला, दाहिने हातमा ट्याटु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- सिन्धुलीमा मंगलबार दिउँसो एक व्यक्तिको शव फेला परेको छ। गोलञ्जोर गाउँपालिका ७ स्थित सुनकोसी नदीमा शव फेला परेको हो।

पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा अन्दाजी ४०-४५ वर्षका पुरुषको शव नदीमा देखिएको खबर इलाका प्रहरी कार्यालय खुर्कोटमा खबर आएको हो।

त्यहाँबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको नेतृत्वमा खटिएको टोलीले विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोर टोलीसँगको सहकार्यमा शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

उनका अनुसार मृतक पुरुषको दाहिने हातको नाडीमा नुरजित लेखिएको ट्याटु, दाहिने कानमा चाँदीजस्तो देखिने दुईवटा मुद्रा तथा शरीरको तल्लो भागमा नीलो रङको कट्टुमा रातो रङका तीनवटा धर्सा देखिएको छ।

शव फेला परेको स्थान इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ३०० मिटर उत्तरतर्फ पर्छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ जेठ २०८२ ६:५७ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast