एकै परिवारका ६ जनाले चढे मकालु हिमाल

हिमाल प्रेस ७ जेठ २०८२ ६:१२
4
SHARES
एकै परिवारका ६ जनाले चढे मकालु हिमाल

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका २ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन्।

मकालु गाउँपालिका २ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो ८ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन्।

विश्व कीर्तिमानका लागि मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए।

कीर्तिमानीका लागि मुक्कुट, उनका भाइहरुरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र उनकी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन्।

‘एउटै बुबाआमाका पाँच छोराछोरीसहित छ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ’, बहिनी पासाङ याङ्जीले दाबी छ, ‘भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोहीमध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ।’

एकैसाथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासंघ संखुवासभा र शेर्पा संघले सम्मानसमेत गरेको छ। रासस

प्रकाशित: ७ जेठ २०८२ ६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast