रेशम चौधरी र सीके राउतबीच छलफलपछि मात्र एकता प्रक्रिया अघि बढ्छ : रञ्जिता श्रेष्ठ

हिमाल प्रेस ६ जेठ २०८२ १५:३६ | Tuesday, May 20, 2025
रेशम चौधरी र सीके राउतबीच छलफलपछि मात्र एकता प्रक्रिया अघि बढ्छ : रञ्जिता श्रेष्ठ

काठमाडौँ-  नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको पार्टी एकता प्रक्रिया संरक्षक रेशम चौधरी र जनमत अध्यक्ष सीके राउतबीच प्रत्यक्ष छलफलपछि मात्रै अघि बढ्ने बताएकी छिन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले दुवै नेता आआफ्ना पार्टीगत गतिविधिमा व्यस्त रहेकाले अहिलेसम्म प्रत्यक्ष संवाद हुन नसकेको बताइन्। ‘छलफल नभएसम्म औपचारिक एकता प्रक्रिया अघि बढ्दैन,’ उनले भनिन्, ‘उहाँहरूको छलफलपछि मात्र एकता प्रक्रिया अघि बढ्छ।’

एकताको विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको भन्दै श्रेष्ठले पहिले नै चौधरी संरक्षक, राउत अध्यक्ष र आफू सहअध्यक्ष रहने सहमति भइसकेको जानकारी दिइन्।

प्रकाशित: ६ जेठ २०८२ १५:३६ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast