 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            काठमाडौँ- स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ। चाँदीमा पनि सामान्य घटीबढी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० मा कारोबार भइरहेको छ।
सोमबार एकतोला चाँदी एक हजार ९४५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
                            प्रकाशित: ६ जेठ  २०८२ १२:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 