
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ।
युरोपियन युरो १ को खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ २६ पैसा, स्वीस फ्रयांक १ को खरिददर १६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९० पैसा र बिक्रीदर ८८ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १८ पैसा, सिंगापुर डलर १ को खरिददर १०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम १ को खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, मलेसियन रिंगेट १ को खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर १ को खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ८७ पैसा, बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २७ पैसा, ओमनी रियाल १ को खरिददर ३५४ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ७४ पैसा छ।
यस्तै भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।