काठमाडौँ- हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय वासिन्दाहरुको घरमा क्षती पुर्याएको छ। आवश्यक विपद् उद्वार सामाग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानिको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमाताल रहेको आशंका गरिएको छ। आशंका गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको छ।
प्रकाशित: ५ जेठ २०८२ १२:५० | Monday, May 19, 2025
प्रतिक्रिया




