बिर्तामोडबाट कृषि औजार बोकेका तीन भारतीय कन्टेनर नियन्त्रणमा

हिमाल प्रेस ५ जेठ २०८२ ११:४१
8
SHARES
बिर्तामोडबाट कृषि औजार बोकेका तीन भारतीय कन्टेनर नियन्त्रणमा

काठमाडौँ- प्रहरीले झापाको बिर्तामोडबाट कृषि औजार बोकेका तीनवटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार कन्टेनरमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको फसल काट्ने मेसिन, पराल संकलक मेसिन र तिनमा प्रयोग हुने सामान पाइएको छ।

आइतबार साँझ बिर्तामोड नगरपालिकाका-५ मा चेकजाँच गर्दा भारतको नागाल्यान्डबाट काँकडभिट्टा नाका हुँदै ती सामान नेपाल ल्याइँदै गरेको पाइएको श्रेष्ठले बताए ।

एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरमा तीन करोड ६१ लाख रुपैयाँबराबरको कृषि औजार भेटिएको थियो ।

ती कन्टेनरलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ५ जेठ २०८२ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast