अवैध लागुऔषधसहित दुई पक्राउ

हिमाल प्रेस ५ जेठ २०८२ ९:५१
6
SHARES
अवैध लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१६ पकनाजोलबाट अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थ करिब एक किलो ६० ग्रामसहित दुईजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, नुवाकोटको ककनी गाउँपालिका-१ ओखरपौवाबाट करिब चार किलोग्राम अवैध लागुऔषध गाँजासहित दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-४ हिलेखर्क बस्ने ५५ वर्षीया कान्छी माया तामाङ र ३९ वर्षीया सुनिता तामाङ छन्। प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले चित्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५७१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ५ जेठ २०८२ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast