
काठमाडौँ- विराटनगर महानगरपालिका-३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कोशी प्रदेश १-०२-०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर-८ का ५५ वर्षीय मोहम्मद अब्दुल कलाम घाइते भएका थिए।
उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रकाशित: ५ जेठ २०८२ ६:२६
प्रतिक्रिया