डलर स्थिर, अरू मुद्राको मूल्य कति?

हिमाल प्रेस ५ जेठ २०८२ ६:१९ | Monday, May 19, 2025
डलर स्थिर, अरू मुद्राको मूल्य कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।

आज युरो १ को खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा छ। हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा थियो।

आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा थियो।

कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ १२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७४ पैसा थियो।

प्रकाशित: ५ जेठ २०८२ ६:१९ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast