भिजन लुम्बिनीले लगानी विस्तार गर्दै

हिमाल प्रेस ४ जेठ २०८२ १७:३४
44
SHARES
भिजन लुम्बिनीले लगानी विस्तार गर्दै

लुम्बिनी– बुटवलबाट शुरूवात भएको भिजन लुम्बिनी नामक लगानी अभियानलाई देशव्यापी बनाइने भएको छ।

भिजन लुम्बिनी लिमिटेडको १० औँ वार्षिकोत्सवको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको सामूहिक लगानी र समृद्वि विषयक अन्तरक्रिया कार्यक्रममा अब भिजन नेपाल पनि शुरूवात गरिने बताएको हो।

कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बुटवलबाट शुरूवात भएको भिजन लुम्बिनीलाई राष्ट्रिय स्तरमा भिजन नेपालका रूपमा अगाडि बढाउन लागिएको बताए।

अब भिजन लुम्बिनीलाई थप विस्तार गरी भिजन नेपालको वृहत् अवधारणा बनाइएको उनले बताए। विस. २०७२ सालबाट शुरु भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजीएको बताए।

उनले १० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरकफरक संस्थाको नेतृत्व गरेको र भर्खरै सेती नदीको २५ मेगाघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएर पोखरामा बिजुली उत्पादनसमेत भैरहेको बताए।

पोखरेलले बुटवलबाट सुरु भएको भिजनले १६०० जना शेयर सदस्य रहेको र अहिले उर्जा, पर्यटन , वित्त ,शिक्षा, स्वास्थ्य, कृषि तथा सुचना प्रविधिका क्षेत्रमा लगानी गरेर अगाडी बढिरहेको बताए।

कार्यक्रममा भिजन लुम्बिनीका सञ्चालक समिति सदस्य कुलबहादुर केसीले १० वर्षमा नौ वटा विभिन्न क्षेत्रमा कम्पनीहरू स्थापना गरी देशैभर लगानीकर्ताहरूलाई जोडन सफल भएको बताए।

अब भिजन नेपालमा कम्तिमा २ देखि ५ लाखसम्म लगानी गर्ने गरी सामुहिक भावनामा अगाडी बढ्ने उल्लेख गरे। भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले अहिले पोखरा कास्कीमा सेती जलविद्युतमा बिजुली बालेर सफलतापूर्वक काम सकिएको बताए।

लगानीका सम्भावनाहरू खोज्ने उद्धेश्यका साथ विभिन्न क्षेत्रमा व्यक्तिहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको सञ्चालक राजिव गौतमले बताए। कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा इन्चार्ज शरद वलीले सामुहिक लगानीले आधारभूत तहलाइ समेट्नु सकारात्मक रहेको बताए।

राप्रपा प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले बुटवलमा अथाह संभावना रहेको र संभावना चिनेको मान्छे पोखरेल भएको बताए। एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले सामुहिक लगानी सफल भएको उदाहरण भिजन लुम्बिनीले दिएको बताए।

नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासी राष्ट्रिय पुँजीलाई महत्व दिन आग्रह गरे। नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारीले बुटवललाइ एक्स्ट्रा बजार बनाउन नयाँ संभावनाहरुको खोजी गरिरहनुपर्ने बताए। बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाइले बुटवलबाट जन्मिएको भिजन लुम्बिनीको देशभर नै राम्रो प्रभाव रहेको उल्लेख गरे।

कार्यक्रममा प्राध्यापक डा.आरसी आचार्य, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, भिजनका सन्तोष पोखरेल, रास्वपाका नगर सभापति राजन पाण्डे लगायतले बोल्दै भिजनमा भएको सामुहिक लगानीले सबैलाइ प्रतिफल दिएको बताएका थिए।

प्रकाशित: ४ जेठ २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast