ललितपुरका मेयर चिरीबाबुले मालिका पुगेर भने- काठमाडौँ उपत्यकाले गरेको गल्ती नदोहोर्‍याउनुस्

हिमाल प्रेस ४ जेठ २०८२ ११:२९
52
SHARES
ललितपुरका मेयर चिरीबाबुले मालिका पुगेर भने- काठमाडौँ उपत्यकाले गरेको गल्ती नदोहोर्‍याउनुस् गुल्मी जिल्लाको मालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको टोली। तस्बिर सौजन्य : ललितपुर महानगरपालिका

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वातावरण संरक्षण र सार्वजनिक जग्गा सरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। महागरपालिकाले भगिनी सम्बन्ध कायम गरेको गुल्मी जिल्लाको मालिका गाउँपालिका पुगेका उनले यस्तो सुझाव दिएका हुन्।

मलिकाका जनप्रतिनिधिसँग छलफल गर्न आयोजना गरिएको कार्यक्रममा उनले काठमाडौँ उपत्यकाले गरेको गल्ती नदोहोर्‍याउन अनुरोध गरे । उनले भने, ‘पर्ती, ऐलानी, सार्वजनिक जग्गा उपत्यकामा विभिन्न कालखण्डमा धेरै मासियो। यहाँ त्यस्तो गल्ती नदोहोर्‍यानुहोस्।’

महर्जनले आफू निर्वाचित भएर आएपछि महानगरभित्रको यस्ता जस्ता संरक्षणमा घनीभूत रुपमा काम गरेको बताए। उनले मालिका गाउँपालिकाको प्राकृतिक सौन्दर्य र हरियालीबाट आफू मोहित भएको बताउँदै वातावरण संरक्षणलाई समेत मालिकाले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। उनले भने, ‘मालिकाको स्वच्छ हावापानीले मालिकावासी स्वस्थ जीवन बाचेका छन्। जनघनतत्व बढी भएका पालिकामा बस्नेको आयु प्रदूषित हावापानीका कारण कम हुन्छ।’

मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले सांस्कृतिक नगर ललितपुर महानगरले प्राकृतिक रुपमा सम्पन्न मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्नु अनुपम उदाहरण भएको बताए।

महानगरको सहयोगमा मालिका गाउँपालिकामा बनेको मालिका देवीको मन्दिर ललितपुर महानगरलाई दिएको महत्त्वपूर्ण उपहार भएको बताए। उनले भने, ‘मालिका देवीकै नामबाट गाउँपालिकाको नाम मालिका रहेको हो। महानगरको सहयोगबाट यो मालिका देवीको मन्दिर बन्नु अत्यन्तै सुखद हो।’

गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले सडक पूर्वाधार विकासको महत्त्वपूर्ण आधार भएको बताउँदै सबै वडाबाट पालिका जोड्न बाटो निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताए। कार्यसम्पादन मूल्यांकनमा पालिका उत्कृष्ट भएको जानकारी दिए। दुरदराजमा रहेको पालिकासँग देशकै समृद्ध पालिकाले भगिनी सम्बन्ध जोड्कोको धन्यवाद दिँदै आभार प्रकट गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले भौगोलिक रूपमा मालिका र ललितपुर टाढा भए पनि भगिनी सम्बन्धले आत्मीय र नजिक भएको बताए। कार्यक्रममा वडाअध्यक्षले महानगरमा भएका असल अभ्यास र आफ्नो वडा र पालिकामा भएका असल अभ्यास, अप्ठ्यारो र चुनौतीका बारेमा चर्चा गरेका थिए। मालिका गाउँपालिकामा आठवटा वडा छन्।

प्रकाशित: ४ जेठ २०८२ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast