सप्तरीमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

हिमाल प्रेस ४ जेठ २०८२ ११:१६ | Sunday, May 18, 2025
सप्तरीमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

काठमाडौँ- सप्तरीमा चट्याङ लागेर सात वर्षीय एक बालकको मृत्यु भएको छ। हावाहुरीसँगै शनिबार परेको चट्याङ लागेर भारतीय नागरिक जहिद खानका सात वर्षीय छोरा जेनव खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चट्याङबाट घाइते गम्भीर घाइते भएका बालकको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

चट्याङ लागेर स्थानीय गुलु खानका पनि सात वर्षकै छोरा जुबिर घाइते भएका छन्। उनको छिन्नमस्ता अस्पताल राजविराजमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित: ४ जेठ २०८२ ११:१६ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast