सहायक निरीक्षक छत्यालले सगरमाथामा फहराए झण्डा

हिमाल प्रेस ४ जेठ २०८२ १०:०१ | Sunday, May 18, 2025
सहायक निरीक्षक छत्यालले सगरमाथामा फहराए झण्डा

काठमाडौँ- सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन्।

आज बिहान ९:२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्बाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका छन्।

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए। तराई, पहाड र हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

उनलाई बैशाख १४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गरेका थिए।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन्।

सह प्रबक्ता

प्रकाशित: ४ जेठ २०८२ १०:०१ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast