युक्रेनमा भएको रूसी आक्रमणमा ९ जनाको मृत्यु

हिमाल प्रेस ३ जेठ २०८२ १६:३७ | Saturday, May 17, 2025
युक्रेनमा भएको रूसी आक्रमणमा ९ जनाको मृत्यु

काठमाडौँ– उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको संख्या ९ पुगेको जनाएको हो।

यसअघि अधिकारीहरूले आठ जनाको ज्यान गएको बताएका थिए। सुमी जिल्लातर्फ गइरहेको बसलाई बिलोपिल्लिया नगर नजिकै लक्षित गरी आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ।

यो विस्फोट युक्रेन र रूसबीच इस्तानबुलमा करिब तीन वर्षपछि भएको प्रत्यक्ष वार्ताको केही घण्टापछि भएको हो।

वार्तामा दुवै पक्ष कैदीहरूको साटासाटमा सहमत भए पनि युद्धविराम नभएको र सम्भावित युद्धविरामका विषयमा विचारहरू आदान–प्रदान मात्र गरिएको जनाइएको छ।

वार्तापछि किएभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाखौँ मानिस विस्थापित भएको, युद्ध रोक्नका लागि ‘विना सर्त युद्धविराम’ चाहेको स्पष्ट पारेको छ।

तर, मस्कोले यस्ता आह्वान अस्वीकार गर्दै करिब एक हजार कैदीहरू साटासाट गर्ने सहमतिको पक्षमा बल दिएको छ।

युक्रेनका मुख्य वार्ताकार तथा रक्षामन्त्री रुस्तम उमरोभले अबको अर्को चरणमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुने बताएका छन्।

यसैगरी मस्को र वासिङ्टनले पनि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्वन्द्व व्यवस्थापनबारे उचित छलफल आवश्यक रहेको जनाएका छन्।–रासस/एएफपी

प्रकाशित: ३ जेठ २०८२ १६:३७ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast