गुलशन र आरिफको साझेदारीले अभ्यास खेलमा नेपाली टोली विजयी

हिमाल प्रेस ३ जेठ २०८२ ६:४७
गुलशन र आरिफको साझेदारीले अभ्यास खेलमा नेपाली टोली विजयी

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड शृंखलाको तयारीमा बेलायत पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ।

न्यू पोर्ट क्रिकेट क्लबविरुद्ध नेपालले ३ विकेटको जित दर्ता गरेको हो। नेपालले २ सय १३ रनको लक्ष्य ७ विकेटको क्षतिमा ३८ औं ओभरमा प्राप्त गर्‍यो।

शीर्षक्रमको ब्याटिङले कमजोर प्रदर्शन गरेपनि मध्यक्रममा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए।

गुलशनले ८० रनको योगदान दिँदा आरिफ ७२ रनमा नटआउट रहे। सोमपालले नटआउट ९ रन जोडे। नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा कप्तानी सम्हालेका दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए।

उनी आउट हुँदा नेपाल ५६-६ को दयनीय अवस्थामा थियो। तर गुलशन र आरिफले सात विकेटका लागि १ सय ३३ रनको बलियो साझेदारी बुन्दै जितको आधार बनाए।

त्यसअघि कार्डिफमा अवस्थित न्यू पोर्टले २ सय १२ रन जोडेको थियो । टोलीका लागि ओपनर विल त्रिप्कोलीले १ सय १८ रनको योगदान दिए।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ सफलता हात पारे । रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए।

नेपालले स्कटल्यान्ड ‘ए’ सँग २ अभ्यास खेल खेल्नुअघि विश्वविद्यालय टोलीसँग पनि अभ्यास खेल खेल्नेछ। कप्तान रोहित शनिबार बेलायत प्रस्थान गर्दैछन्।

प्रकाशित: ३ जेठ २०८२ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast