प्राविधिक समस्याले विद्युत प्रसारण अबरूद्ध भएको हो, लोडसेडिङ होइन : शाक्य

हिमाल प्रेस २ जेठ २०८२ १५:०८ | Friday, May 16, 2025
प्राविधिक समस्याले विद्युत प्रसारण अबरूद्ध भएको हो, लोडसेडिङ होइन : शाक्य नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत आपूर्तिमा अवरोध देखिएको बताएका छन्।

शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका हुन्।

उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. डबल सर्किट लाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौँ लगायतका केही स्थानमा विद्युत् आपूर्ति हुन नसेकेको स्पष्ट पारे।

भारतबाट यो लाइनमार्फत नेपालमा भइरहेको विद्युत आयातसमेत केही समय रोकिएका कारण बत्ति जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनले बताए। प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्ण रुपमा अस्वीकार गरेको छ।

कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीन रूपमा समाधान गरिने भन्दै यसका लागि केही समय लाग्ने उल्लेख गरे।

उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा २ हजार मेगावाट माग रहको जानकारी दिए। प्रसारण लाइनको विद्युत भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समय समयमा बति जाने गरेको उनले बताए।

शाक्यले आफू स्वयं प्रणाली नियन्त्रणमा बसेर हेर्दा प्रसारण लाइनको विद्युत भारवहन गर्ने क्षमता सिमामा पुगेको देखिएको उल्लेख गरे। जसका कारण उपत्यकाको माग धान्न अन्य क्षेत्रबाट आएको विद्युतलाई चार्ज गर्न खोज्दा लाइन ट्रिप हुने गरेको उनले बताए।

प्रकाशित: २ जेठ २०८२ १५:०८ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast