छोरी र भतिजाको हत्या

हिमाल प्रेस २ जेठ २०८२ १२:०८ | Friday, May 16, 2025
छोरी र भतिजाको हत्या

चितवन- एक व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्। भरतपुर महानगरपालिका-२५ किसानचोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र छोरीको हत्या गरेका हुन्। उनले दुईजनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए। बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए। त्यसपछि उनले खुर्पा आफैँमाथि प्रहार गरेको उनले जानकारी दिए।

घटनालगत्तै तीनैजनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको थियो। गिरीको अवस्था गम्भीर रहेको पुरीले जानकारी दिए। गिरीले मानसिक सन्तुलन ठिक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले बताए। रासस

प्रकाशित: २ जेठ २०८२ १२:०८ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast