घट्यो पेट्रोलको मूल्य

हिमाल प्रेस १ जेठ २०८२ २०:४८ | Thursday, May 15, 2025
घट्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

पेट्रोलमा प्रतिलिटर एक र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलप्रति लिटर १५४ रुपैयाँ ५० पैसा, डिजेल तथा मट्टितेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४१ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ।

 

प्रकाशित: १ जेठ २०८२ २०:४८ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast