किर्ते उद्योगको सञ्जाल : नक्कली प्रमाणपत्रदेखि लालपुर्जासम्म

हिमाल प्रेस १ जेठ २०८२ १५:५५ | Thursday, May 15, 2025
किर्ते उद्योगको सञ्जाल : नक्कली प्रमाणपत्रदेखि लालपुर्जासम्म

काठमाडौँ- किर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्रदेखि लालपुर्जासमेतका कागजात बनाउने तीनजनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायतका कागजात किर्ते गर्ने तीन जनालाई काठमाडौँ तारकेश्वर-७ फुटुङबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा गोरखा मसेल घर भई हाल तारकेश्वर देवीचोक बस्ने अन्जनी बयलकोटी, ओखलढुंगा घर भइ बूढानीलकण्ठ बस्ने निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरी दहचोक बस्ने अन्जु खत्री छन्।

पक्राउ परेकी अन्जनी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार फुटुङमा कोठाभाडामा लिई नक्कली कागजात बनाउन दुईजना सहयोगीलाई मासिक १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको छ।

बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले विभिन्न सरकारी, गैरसरकारी, संघ संस्था तथा पार्टीहरुको छाप तथा व्याक्तिगत दस्तखतलगायतका ३ सय ५५ थान स्ट्याम्प र ठूलो संख्यामा नक्कली शैक्षिक, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, विवाह दर्ता प्रणाणपत्र समेत बरामद गरेको छ।

प्रकाशित: १ जेठ २०८२ १५:५५ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast