रुस-युक्रेनबीच युद्ध अन्त्यका लागि टर्किएमा शान्ति वार्ता हुँदै

हिमाल प्रेस १ जेठ २०८२ ७:२३ | Thursday, May 15, 2025
रुस-युक्रेनबीच युद्ध अन्त्यका लागि टर्किएमा शान्ति वार्ता हुँदै

रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्किएमा शान्ति वार्ता हुँदैछ।

आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम भने नरहेको बीबीसीले जनाएको छ।

शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उनको नाम सूचीकृत नरहेको रुसको भनाइ छ।

वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने खबरमा उल्लेख छ।

पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भेट्नु भएको छैन। त्यसैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तामा दुवै देशका राष्ट्रपति सहभागी भएर पुटिनलाई व्यक्तिगत रूपमा पनि भेट्ने तयारी गरेका थिए।

रुससँगको शान्ति वार्ताका लागि टर्किए पुगिसक्नुभएका जेलेन्स्कीले त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित: १ जेठ २०८२ ७:२३ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast