महिला टी२० विश्वकप छनोट : बहराइनविरुद्ध दोस्रो जित निकाल्ने दाउमा नेपाल

हिमाल प्रेस १ जेठ २०८२ ७:०८
8
SHARES
महिला टी२० विश्वकप छनोट : बहराइनविरुद्ध दोस्रो जित निकाल्ने दाउमा नेपाल

काठमाडौँ- आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ।

थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो।

यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। अस्ति मंगलवार भएको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो।

महिला टी २० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन्। नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन्। यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन्।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन्। ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन्।

प्रकाशित: १ जेठ २०८२ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast