गभर्नर सिफारिस समितिमा हेरफेर, विश्व पौडेलको ठाउँमा पोषराज पाण्डे

हिमाल प्रेस १ जेठ २०८२ ७:०३
42
SHARES
गभर्नर सिफारिस समितिमा हेरफेर, विश्व पौडेलको ठाउँमा पोषराज पाण्डे मन्त्रिपरिषद् बैठक। तस्बिर : रासस

काठमाडौँ- मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वमा गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ।

यसअघिको समितिलाई पुनर्गठन गरिएको हो । पुनर्गठन गरिएको समिति सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघि गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका थिए। नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए। उनको ठाउँमा पाण्डेलाई समिति सदस्यमा नियुक्त गरिएको हो ।

त्यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले पनि समिति सदस्यबाट राजीनामा दिएका थिए । समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि उनले समितिबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

प्रकाशित: १ जेठ २०८२ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast