किन कुटे ट्राफिकले प्रहरी हवल्दार?

हिमाल प्रेस १ जेठ २०८२ ६:३८ | Thursday, May 15, 2025
किन कुटे ट्राफिकले प्रहरी हवल्दार?

काठमाडौँ- काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीले प्रहरी हवल्दारमाथि कुटपिट गरेको भिडियो अहिले भाइरल बनेको छ।

सामाजिक सञ्जालमा भाइरल यो भिडियो काठमाडौँकै नागढुंगाको रहेको पाइएको छ। प्रहरीका अनुसार इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई कुटेका हुन्। प्रहरीले भने लेनदेनका कारण घटना घटेको बताएको छ।

कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए। ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन्।

सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन्।

प्रकाशित: १ जेठ २०८२ ६:३८ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast