 
                             
                                            काठमाडौँ- चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्स र समाचार एजेन्सी सिन्ह्वाको एक्स अकाउन्ट भारतमा बन्द गरिएको छ। एक्समा यी अकाउन्ट खोल्दा ‘एक कानुनी मागको जवाफमा भारतमा यी अकाउन्ट ब्लक गरिएको’ सन्देश आइरहेको बताइएको छ।
ग्लोबल टाइम्समाथि भारतमा गलत सूचना फैलाएको आरोप लगाइएको छ।
त्यस्तै टर्कीको अनलाइन पोर्टल ‘टीआरटी वल्र्ड’ को एक्स अकाउन्ट पनि भारतमा बन्द गरिएको छ। यो अकाउन्ट खोल्ने क्रममा पनि ग्लोबल टाइम्स र सिन्ह्वाजस्तै सन्देश आउने गरेको छ।
भारतविरूद्ध संघर्षमा टर्कीले पाकिस्तानलाई साथ दिएको आरोप लागेपछि यो कार्यबाही गरिएको हो।
यसअघि ८ मेमा सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई भारत सरकारको तर्फबाट आठ हजार अकाउन्ट बन्द गर्न आदेश प्राप्त भएको थियो। ती अकाउन्टहरू बन्द नभए कम्पनीका स्थानीय कर्मचारीमाथि ठूलो जरिवाना र जेल सजायको चेतावनी दिइएको थियो।
यी अकाउन्टहरूमध्ये कतिपय अन्तर्राष्ट्रिय समाचार समूहहरूको एक्स अकाउन्टसमेत थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 