नेसपा नयाँ शक्तिद्वारा राजनीतिक संवाद समिति गठन, दुर्गा सोब संयोजक

हिमाल प्रेस ३१ वैशाख २०८२ ११:१७ | Wednesday, May 14, 2025
नेसपा नयाँ शक्तिद्वारा राजनीतिक संवाद समिति गठन, दुर्गा सोब संयोजक दुर्गा सोब

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले वैकल्पिक तथा अग्रगामी राजनीतिक शक्तिहरूसँग सहकार्य र एकताको सम्भावना खोज्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ।

तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार सम्पन्न पदाधिकारी बैठकले उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा उक्त समिति गठन गरेको हो। समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जी.एस. गुरुङ सदस्य रहेका छन्।

बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र लोकतान्त्रिक राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र विवेकशील साझा पार्टीसँग कार्यगत सहकार्य र सम्भावित एकताको चर्चा छ।

पार्टीका नेताहरूका अनुसार सुरुमा संवाद र सहकार्यबाट प्रक्रिया थालिने, त्यसपछि कार्यगत एकता हुँदै साझा मोर्चा निर्माण गरिने र आगामी २०८४ सालको आम निर्वाचनसम्म पार्टी एकता गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ।

प्रकाशित: ३१ वैशाख २०८२ ११:१७ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast