रहेनन् ‘गरिब राष्ट्रपति’

हिमाल प्रेस ३१ वैशाख २०८२ ९:०२ | Wednesday, May 14, 2025
रहेनन् ‘गरिब राष्ट्रपति’

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। २०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गरेका उनी सामान्य जीवनशैलीका कारण विश्वको ‘गरिब राष्ट्रपति’भनेर चिनिन्थ्यो।

मुहिका अन्ननलीको क्यान्सरबाट पीडित थिए। यद्यपि उनको मृत्युको कारण खुलाइएको छैन।उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधन भएको पुष्टि गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘म अत्यन्त दुःखका साथ हाम्रो साथी मुहिकाको निधन भएको जानकारी गराउँछु। राष्ट्रपति, अभियन्ता, नेता र मार्गदर्शक हुनुहुन्थ्यो।’

आफ्नो कार्यकालमा उनले तीस लाखभन्दा बढी जनसंख्या भएको सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा कुनै भ्रष्टाचार स्क्यान्डलमा नमुछिकन आर्थिक वृद्धिलाई नेतृत्व गरेका थिए। वैदेशिक लगानीमा वृद्धि गराउँदै र गरिबी न्यूनीकरण गर्न सफल भएका थिए।

प्रकाशित: ३१ वैशाख २०८२ ९:०२ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast