कमिन्सको नेतृत्वमा टेस्ट च्याम्पियनसिपका लागि अस्ट्रेलियाको टिम घोषणा

हिमाल प्रेस ३१ वैशाख २०८२ ७:०६
कमिन्सको नेतृत्वमा टेस्ट च्याम्पियनसिपका लागि अस्ट्रेलियाको टिम घोषणा

काठमाडौँ- आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि अस्ट्रेलियाको टोली घोषणा गरेको छ। क्रिकेट अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको फाइनलका लागि आज १५ सदस्यीय टोली घोषणा गरेको हो।

यसअघि चोटका कारण भारतसँगको पाँच खेलको टेस्ट शृंखला गुमाएका अलराउन्डर क्यामरन ग्रीन अस्ट्रेलियाली टोलीमा फर्किएका छन्।

साथै टेस्ट टोलीमा कप्तान प्याट कमिन्स र अर्को तीव्र गतिका बलर जोश हेजलवूड पनि फर्किएका छन् । यी दुवैले चोटका कारण च्याम्पियन्स ट्रफी गुमाएका थिए र पछि आईपीएल २०२५ मा खेलेका थिए ।

अस्ट्रेलियाली टोलीमा प्याट कमिन्स, स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवूड, ट्राभिस हेड, जोश इंग्लिस, उस्मान ख्वाजा, साम कन्स्टास, म्याथ्यु कुन्हेमान, मार्नुस लाबुशेन, नाथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क र बेउ वेबस्टेर छन्।

विश्व टेस्ट च्याम्पियनशिप फाइनल आउँदो जुन ११ देखि बेलायतको लर्ड्स क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रकाशित: ३१ वैशाख २०८२ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast