दोहोरो अंकले घट्यो नेप्से

हिमाल प्रेस ३० वैशाख २०८२ १६:१९ | Tuesday, May 13, 2025
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर दुई हजार छ सय ३४.२३ को बिन्दुमा कायम भएको हो।

तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता सेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक समूह ०.८८, जीवन बिमा ०.९५ र उत्पादन तथा प्रशोधन समूह ०.३४ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.३०, वित्त १.९१, होटल तथा पर्यटन २.२१, जलविद्युत् १.१८ र लगानी समूह ०.७९ प्रतिशतले घटेको छ।

त्यसैगरी लघुवित्त ०.६९, म्युचुअल फन्ड ०.१८, निर्जीवन बिमा समूह ०.५९, व्यापार २.४६ र अन्य समूह ०.६० प्रतिशतले घटेको छ।

मंगलबारको कारोबारमा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.९३ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा मंगलबार युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ। कम्पनीको ६७ करोड २० लाख ८५ हजार ८० रुपैयाँ बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता सयर किनबेच भएको छ।

प्रकाशित: ३० वैशाख २०८२ १६:१९ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast