घरायसी विवादमा महिलाको हत्या, श्रीमान् पक्राउ

हिमाल प्रेस २७ पुष २०७९ ११:१३ | Wednesday, January 11, 2023
घरायसी विवादमा महिलाको हत्या, श्रीमान् पक्राउ सांकेतिक तस्बिर।

झापा- झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।

मंगलबार राति घरायसी विवादमा विश्वराजले प्रमिलालाई पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या आरोपमा प्रहरीले विश्वराजलाई राति नै नियन्त्रणमा लिएको डीएसपी कुँवरले जानकारी दिए।

भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भएका घिसिङ विगत २ वर्षदेखि अर्जुनधारामा डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्दै आएको बताइएको छ।

प्रकाशित: २७ पुष २०७९ ११:१३ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast