धरानवासीलाई खानेपानी उपलब्ध गराउन सांसदहरूको माग

हिमाल प्रेस ३० वैशाख २०८२ १३:४७ | Tuesday, May 13, 2025
धरानवासीलाई खानेपानी उपलब्ध गराउन सांसदहरूको माग

काठमाडौँ- प्रतिनिधिसभाका सदस्यहरूले सुनसरीस्थित धरानवासीकानिम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे ‘सुनसरी उद्योग वाणिज्य संघ’ ले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क्रममा सांसदहरूले समस्या समाधानका निम्ति खानेपानी मन्त्रालय, खानेपानी विभाग, खानेपानी उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई समितिमा आमन्त्रण गरेर छलफल गर्नुपर्नेमा जोड दिइएको हो।

संघले धरानको खानेपानीको विवाद, खानेपानीको अभाव, वन क्षेत्रका सतहमुनि अथाह पानी रहेको, सहतमुनिको पानी धरानका जनताले उपभोग गर्न नपाएको, उद्योग व्यवसायीलाई पनि समस्या भएको, धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भएको र धरानको खानेपानीको विषयमा समितिले अनुगमन गर्नुपर्ने विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो।

प्रकाशित: ३० वैशाख २०८२ १३:४७ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast