ढलमल खोलामा यसरी खोजिँदै छ बेपत्ता महिला [तस्बिरहरू]

हिमाल प्रेस ३० वैशाख २०८२ १२:२० | Tuesday, May 13, 2025
ढलमल खोलामा यसरी खोजिँदै छ बेपत्ता महिला [तस्बिरहरू] काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा बेपत्ता महिलाको खोजीकार्यका लागि खटिएका सशस्त्र प्रहरी। तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

काठमाडौँ- काभ्रे जिल्लाको पनौती नगरपालिका-५ स्थित ढलमल खोलामा बेपत्ता महिलाको खोजीकार्यका लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ।अविरल वर्षाको कारण ढलमल खोलामा आएको बाढीमा परेर सोही ठाउँ बस्ने ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्। उनलाई खेतबारीबाट काम गरी घर फर्कने क्रममा सोमबार साँझ खोलाले बगाएको थियो।

सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेश पनौतीबाट सशस्त्र प्रहरी निरीक्षक भीमसेन केसीको कमान्डमा खटिएको सुरक्षा फौजले खोजतलास गर्दा फेला परेको थिएन।

बेपत्ता महिलाको खोजीकार्यका मंगलबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जीसीको कमान्डमा विपद् व्यवस्थापनसहितको टोली परिचालन सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८२ १२:२० | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast