चोरमारा पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा वैकल्पिक मार्गबाट सवारी आवातजावात गराइँदै

हिमाल प्रेस ३० वैशाख २०८२ ७:४४ | Tuesday, May 13, 2025
चोरमारा पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा वैकल्पिक मार्गबाट सवारी आवातजावात गराइँदै

काठमाडौँ- पूर्व-पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कावासोती दुम्कीबास खण्डको बीचमा पर्ने चोरमारामा पुल भाँच्चिएका कारण अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक सडकबाट आवातजावात गराउन थालिएको छ।

चोरमारा बजारबाट केही तल हुँदै गाडी वारपार गराइएको छ। चोरमारा बजारबाट दक्षिणमा रहेको नवजागरण क्याम्पस नजिकबाट गाडी पूर्व-पश्चिम जाने वैकल्पिक सडकबाट गाडी वारपार गराइएको छ।

साना र यात्रुवहाक गाडीलाई प्राथामिकतामा राखेर यातायात सञ्चालन गराइएको हो। जीर्ण फलामे पुल आइतबार राति करिब १० बजे लच्किएपछि त्यहाँ यातायात आवागमन बन्द गराइएको छ। नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल लच्किएका कारण राजमार्ग अवरुद्ध भएको थियो।

प्रकाशित: ३० वैशाख २०८२ ७:४४ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast