आउँदो शनिबारबाट फेरि सुरु हुँदैछ आईपीएल, हेर्नुहोस् तालिका

हिमाल प्रेस ३० वैशाख २०८२ ६:४४
30
SHARES
आउँदो शनिबारबाट फेरि सुरु हुँदैछ आईपीएल, हेर्नुहोस् तालिका

काठमाडौँ- भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ। शुक्रबार एक हप्ताको लागि रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु हुने भएको हो।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीआईसीसी)ले सूचना जारी गर्दै बाँकी खेल सञ्चालन हुने जनाएको हो। बीआईसीसीका अनुसार, फाइनल खेल जुन ३ मा हुनेछ।

साथै, बिहीबार रद्द गरिएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि हुने जनाइएको छ। आईपीएलको परिमार्जित तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच लखनउमा हुनेछ ।

यसअघि जयपुरमा कुनै पनि खेल नहुने अनुमान गरिएको थियो । तर बोर्डले चयन गरेका ६ सहरमध्ये जयपुर पनि समावेश गरिएको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछन् । प्लेअफका खेल खेलिने स्थान भने पछि सार्वजनिक गरिने छ।

परिमार्जित तालिका सार्वजनिक गर्दै बीसीसीआईले प्रेस विज्ञप्तिमा भनेको छ, ‘बीसीसीआई टाटा आईपीएल २०२५ पुनः सुरु गर्न पाउँदा खुशी छ । सरकार, सुरक्षा निकायहरू र सबै सरोकारवालासँग विस्तृत छलफलपछि बाँकी खेल अगाडि बढाउने निर्णय गरिएको हो ।’

यसैगरी आईपीएलले भनेको छ, ‘बाँकी कुल १७ खेल ६ स्थानमा खेलिनेछन् । बाँकी खेल १७ मे २०२५ बाट सुरु भएर ३ जुन २०२५ मा फाइनलसँगै समाप्त हुनेछन् । नयाँ तालिकामा समावेश डबल–हेडर खेल आइतबारको दिन खेलाइने छ ।’

क्वालिफायर मे २९ र इलिमिनेटर ३० मा हुनेछ। त्यस्तै, क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ।

प्रकाशित: ३० वैशाख २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast