नेपाल र बंगलादेशका महिला पत्रकारबीच सहकार्य विस्तार गर्न छलफल

हिमाल प्रेस २९ वैशाख २०८२ १८:३६
नेपाल र बंगलादेशका महिला पत्रकारबीच सहकार्य विस्तार गर्न छलफल

काठमाडौँ– नेपाल र बंगलादेशका महिला पत्रकारहरूबीच सहकार्य गर्ने उद्देश्यले ढाकामा विशेष कार्यक्रम सम्पन्न भएको छ। ‘इनिसिएटिभ अफ मिडिया विमेन (आईएमडब्लू) नेपाल’ को पहलमा कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना कार्यक्रमकी प्रमुख अतिथिका रूपमा उपस्थित भइन्।

उनले महिला पत्रकारहरूको सार्थक सहभागिता अझै पनि संरचनागत तथा सामाजिक अवरोधहरूले प्रभावित भइरहेको उल्लेख गरिन्। उनले महिला पत्रकारहरूलाई अवरोधमुक्त वातावरण सिर्जना गर्न साझा प्रयास आवश्यक रहेको बताइन्।

नेपालका लागि बंगलादेशका राजदूत घनश्याम भण्डारीले महिला पत्रकारहरूले आवाजविहीन र वञ्चित समुदायका कथा उजागर गर्नमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले नेपाल र बंगलादेशका पत्रकारहरूलाई एउटै मञ्चमा ल्याएकोमा आईएमडब्लूको पहलको सराहना गरे।

आईएमडब्लूकी अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा महिला पत्रकारहरूलाई सशक्त बनाउन संगठनले सञ्चालन गर्दै आएका कार्यक्रमबारे जानकारी दिइन्। उनले यस्तो पहलले दुई देशका पत्रकारहरूबीच दीर्घकालीन मित्रता विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा थेंगामारा मोहिला सबुज संघकी संस्थापक डा.हुस्ने–आरा बेगम र संयुक्त परिषद्का उपनिर्देशक स्वप्निलले आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २९ वैशाख २०८२ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast