शिक्षक कार्यसम्पादन मूल्यांकनका लागि नयाँ सहजीकरण पुस्तिका सार्वजनिक

हिमाल प्रेस २९ वैशाख २०८२ १६:३१ | Monday, May 12, 2025
शिक्षक कार्यसम्पादन मूल्यांकनका लागि नयाँ सहजीकरण पुस्तिका सार्वजनिक

काठमाडौँ- शिक्षक सेवा आयोगले  शिक्षकको कार्यसम्पादन मूल्यांकन प्रक्रियालाई एकरूप, विश्वसनीय र गुणस्तरीय बनाउन ‘शिक्षक कार्यसम्पादन मूल्यांकन सहजीकरण पुस्तिका, २०८२’ सार्वजनिक गरेको छ।

पुस्तिकाले शिक्षकको बढुवामा प्रयोग हुने ७५ प्रतिशत मूल्यांकन प्रणालीलाई व्यवस्थित गर्न, फाराम भर्ने, प्रमाणित गर्ने, अंक निर्धारण गर्ने र पुनरावलोकन प्रक्रियासम्मका सबै चरणलाई स्पष्ट मार्गदर्शन गर्ने उद्देश्य राखेको छ।

शिक्षक सेवा आयोग नियमावली अनुसार शिक्षकले शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्यांकन फाराम दर्ता गर्नुपर्ने प्रावधान छ। फाराममा अघिल्लो सत्रको जिम्मेवारी र प्रगतिको विवरण समेटिनुका साथै उक्त मूल्यांकन बढुवाको मुख्य आधार बन्ने आयोगले जनाएको छ।

अभिमुखीकरण र व्यावहारिक सहजीकरणका लागि तयार गरिएको यो पुस्तिका मूल्यांकन प्रक्रियामा संलग्न शिक्षक, सुपरीवेक्षक तथा पुनरावलोकन समितिका सदस्यहरूलाई मार्गदर्शन गर्ने आयोगले जनाएको छ।

यस्तो छ पुस्तिका

प्रकाशित: २९ वैशाख २०८२ १६:३१ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast