नेसपा नयाँ शक्तिले बोलायो पदाधिकारी बैठक, यस्ता छन् एजेन्डा

हिमाल प्रेस २९ वैशाख २०८२ ११:०६ | Monday, May 12, 2025
नेसपा नयाँ शक्तिले बोलायो पदाधिकारी बैठक, यस्ता छन् एजेन्डा

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले मंगलबार काठमाडौँको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता कृष्ण शर्माका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको सांगठनिक गतिविधि तथा अध्यक्ष डा.बाबुराम भट्टराईको हालैको भारत भ्रमणसम्बन्धी अनुभवलगायतका विषयमा छलफल हुनेछ।

बैठकमा भारत–पाकिस्तानबीचको समसामयिक तनाव, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेश तथा पार्टीको रणनीतिक अभियानबारे पनि छलफल गरिने शर्माले जानकारी दिए।

साथै, पार्टीका नियमित कामहरूलाई सुदृढ गर्नुपर्ने आवश्यकता र प्रशिक्षण कार्यक्रमहरूलाई पनि सशक्त बनाउने विषयमा बैठक केन्द्रित रहनेछ।

प्रकाशित: २९ वैशाख २०८२ ११:०६ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast