चिलिमे जलविद्युत् कम्पनीको प्रमुखमा बाबुराजा महर्जन

हिमाल प्रेस २८ वैशाख २०८२ २२:३७
34
SHARES
चिलिमे जलविद्युत् कम्पनीको प्रमुखमा बाबुराजा महर्जन बाबुराजा महर्जन

काठमाडौँ- चिलिमे जलविद्युत् कम्पनीको प्रमुखमा बाबुराजा महर्जन सरुवा भएका छन्। नेपाल विद्युत् प्राधिकरणले श्रेष्ठलाई कालीगण्डकी जलविद्युत् केन्द्रको प्रमुखबाट चिलिमे जलविद्युत् कम्पनी प्रमुखमा सरुवा गरेको हो।

श्रेष्ठ अब कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने पक्कापक्की भएको छ। सीईओमा औपचारिक नियुक्तिका लागि भने कम्पनीको सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ। कम्पनीका प्रमुख कार्यकारी निर्देशक रहेका सुभाषकुमार मिश्र प्राधिकरणको व्यवसाय विकास निर्देशनालयमा सरुवा भएका छन्।

यसैगरी उपकार्यकारी निर्देशक फणीन्द्रराज जोशी अप्पर अरुण हेर्ने गरी इन्जिनियरिङ निर्देशनालयमा सरुवा भएका छन्। ग्रिड विकास विभागको निर्देशकमा राजन ढकाल, विद्युत् व्यापार विभागमा कमल आचार्य सरुवा भएका छन् भने मुनिन्द्र ठाकुर कोशी प्रादेशिक कार्यालयबाट सामुदायिक विद्युतीकरण विभागमा सरुवा भएको प्राधिकरणले जनाएको छ।

विक्रमकुमार अमात्य सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाबाट गण्डकी प्रादेशिक कार्यालय पोखरामा सरुवा भएका छन्। सरुवा भएका अन्य कर्मचारीमा मनोजकुमार यादव (प्रमुख गण्डकी प्रादेशिक कार्यालय पोखराबाट मधेश प्रादेशिक कार्यालय जनकपुर), राजीवकुमार सिंह (प्रमुख नेपालगन्ज डिभिजन कार्यालयबाट कोशी प्रादेशिक कार्यालय विराटनगर) छन्।

यसैगरी शम्भु कुसियत (प्रमुख  मधेश प्रादेशिक कार्यालय जनकपुरबाट लुम्बिनी प्रादेशिक कार्यालय बुटवल), शशीभूषण साह (प्रमुख बागमती डिभिजन कार्यालय हेटौंडाबाट कर्णाली प्रादेशिक कार्यालय सुर्खेत), जंगबहादुर चन्द (प्रमुख सामुदायिक विद्युतीकरण विभागबाट सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया), जितेन्द्र झा (प्रमुख कर्णाली प्रादेशिक कार्यालय सुर्खेतबाट बागमती डिभिजन कार्यालय हेटौँडा) मा सरुवा भएका छन्।

सरुवा भएका अन्य कर्मचारीमा दीपक गौतम (प्रमुख नेपालगन्ज डिभिजन कार्यालय), आत्मेश पौडेल, (प्रमुख कालीगण्डकी जलविद्युत् केन्द्र), नरेन्द्रवीर श्रेष्ठ (प्रमुख केन्द्रीय कार्यालय काठमाडौँबाट भरतपुर वितरण केन्द्र चितवन), रामु श्रेष्ठ (भरतपुर वितरण केन्द्र चितवनबाट केन्द्रीय कार्यालय काठमाडौँ), हरिप्रसाद पाण्डे, (प्रमुख लुम्बिनी प्रादेशिक कार्यालय बुटवलबाट प्रसारण निर्देशनालय) रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८२ २२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast