आन्दोलनरत विद्यालय कर्मचारीका प्रतिनिधि र शिक्षामन्त्री पन्तबीच के भयो कुराकानी?

हिमाल प्रेस २८ वैशाख २०८२ ११:२५ | Sunday, May 11, 2025
आन्दोलनरत विद्यालय कर्मचारीका प्रतिनिधि र शिक्षामन्त्री पन्तबीच के भयो कुराकानी?

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको नेतृत्वमा विद्यालय कर्मचारी आन्दोलित छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा ८९ दिनसम्म भएको आन्दोलनमा सँगसँगै हिँडेको परिषद् १७ वैशाखमा महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि पछि हटेर २१ वैशाखदेखि छुट्टै आन्दोलन सुरु गरेको हो।

परिषद्ले उक्त सहमतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको दाबी गरेको छ। ३६ हजार विद्यालय कर्मचारीहरू हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।

यसबीचमा परिषद्का पदाधिकारीहरू सरकारसँग सम्पर्कमा पनि छन्। शुक्रबार परिषद् अध्यक्ष गंगाराम तिवारी नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघजी पन्त, शिक्षा सचिव डा.दिपक काफ्लेसँग भेटगरी आन्दोलनबारे अवगत गराएको छ।

शिक्षामन्त्री पन्त र शिक्षा सचिव काफ्लेसँगको भेटबारे परिषद् अध्यक्ष तिवारी हिमालप्रेससँग भन्छन्, ‘बिरामी बिदा र दुर्गम भत्ताको माग तत्काल सम्बाेधन होलाजस्तो छ।’

शिक्षा सचिव काफ्लेले शिक्षा ऐन जारी भएपछि विद्यालय कर्मचारीका विषय पनि टुंगो लाग्ने बताएको अध्यक्ष तिवारीले जानकारी दिए। तिवारीको भनाइमा विद्यालय कर्मचारीले उठाएका मागमा शिक्षामन्त्री पन्त र शिक्षा सचिव काफ्ले सकारात्मक छन्।

वार्ताका लागि परिषद् शिक्षा मन्त्रालयको पत्रको पर्खाइमा छ।

प्रकाशित: २८ वैशाख २०८२ ११:२५ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast