संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ : नेता सिटौला

हिमाल प्रेस २७ वैशाख २०८२ १९:३६
6
SHARES
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ : नेता सिटौला तस्बिर : हिमालप्रेस

सुनसरी– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश सम्मेलनमा उनले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताए।

राष्ट्रियसभाका सदस्यसमेत रहेका सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको धारणा राखे। ‘संघीयतामा जानु भनेको संघीयताको मर्मअनुसारका व्यवस्था इमानदारीका साथ कार्यान्वयन गर्नु हो तर हरेक क्षेत्रमा समस्या छ। भएकै अधिकारको पनि विकेन्द्रीकरण गर्न सकेका छैनौँ। यसर्थ हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन, उनले भने।

नेता सिटौलाले दुई ठूला पार्टी नेकपा (एमाले) र कांग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गरे।

उनले भने, ‘अब सबै दलहरूले एकपटक छलफल गर्ने बेला आएको छ। संघीय राज्य व्यवस्थाले जनताको अपेक्षालाई कतिको सम्बोधन गर्न सकेको छ भन्ने कुरा सबै दलले एकपटक सोच्न आवश्यक छ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, राजीव कोइराला, राजीव ढुंगानालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ वैशाख २०८२ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast