
काठमाडौँ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमति जनाएको बताएका छन्। ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा यस्तो बताएका हुन्।
उनले भनेका छन्,‘अमेरिकाको मध्यस्थतामा भएको लामो कुराकानीपछि भारत र पाकिस्तान पूर्ण एवं तत्काल युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ।’
पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारत पूर्ण एवं तत्काल संघर्षविरामका लागि राजी भएको बताएका छन्।
डारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पाकिस्तन र भारत तत्काल संघर्षविराम गर्न तयार भएको छ। पाकिस्तान सधैँ सम्प्रभुता र क्षेत्रीय अखण्डतासँगै विना सम्झौता क्षेत्रमा शान्ति र सुरक्षा चाहन्छ।’
यद्यपि भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।