अस्पताल भवन निर्माण अन्तिम चरणमा कञ्चनपुर

हिमाल प्रेस २७ वैशाख २०८२ १४:०१ | Saturday, May 10, 2025
अस्पताल भवन निर्माण अन्तिम चरणमा कञ्चनपुर

रूपन्देही- यहाँको शुक्लाफाँटा नगरपालिका-४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो। हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ।

निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन। अब भने निर्माण सम्पन्न हुने आशा गरिएको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धाँमीले बताए।

अस्पताल भवन निर्माणका लागि विसं २०७८ असार ७ गते छ करोड २४ लाख ५८ हजार १०३ रुपैयाँ मा एमके निरज जेभीले ठेक्का लिएको थिय।

भवन निर्माणका लागि थप गरिएको म्याद गत मंसिरमै सकिएको छ। निर्माण व्यवसायीले जरिवाना तिर्दै भवन निर्माणलाई निरन्तरता दिएको छ। अब भवनको प्रवेशद्वार, विद्युत् जडान, खानेपानी जडान, रंगेरोगन, झयाल, ढोकालगायत ‘फिनिसिङ’को काम बाँकी छ।

प्रकाशित: २७ वैशाख २०८२ १४:०१ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast