कर्णालीमा नुहाउने क्रममा किशोर बेपत्ता, खोज्न गोताखोर परिचालन

हिमाल प्रेस २७ वैशाख २०८२ १२:३९ | Saturday, May 10, 2025
कर्णालीमा नुहाउने क्रममा किशोर बेपत्ता, खोज्न गोताखोर परिचालन सांकेतिक तस्बिर।

काठमाडौँ- कालिकोटको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा एक किशोर नुहाउने क्रममा बेपत्ता भएका छन्। नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका विराज विष्ट बैशाख २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।

बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ। उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ। सो टोलीले आजै घटनास्थल पुगी उनको खोजीकार्य गर्नेछ।

प्रकाशित: २७ वैशाख २०८२ १२:३९ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast