पृथ्वी जयन्तीमा राप्रपाका यस्ता छन् कार्यक्रम

हिमाल प्रेस २७ पुष २०७९ ८:०८ | Wednesday, January 11, 2023
पृथ्वी जयन्तीमा राप्रपाका यस्ता छन् कार्यक्रम

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। आज (२७ पुस) मा देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

सो अवसरमा राप्रपाले राजधानी लगायत मुलुकका विभिन्न ठाउँमा कार्यक्रमहरू आयोजना गरेको हो। ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

बिहान साढे १० बजे अध्यक्ष लिङ्देनले माल्यापर्ण गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

त्यसपछि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा रक्तदान, कवि गोष्ठि र जलपान समारोहको आयोजना गरिएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २७ पुष २०७९ ८:०८ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast