महानगरले पूर्वराजालाई काटेको जरिवानाको रकम विदेशमा संकलन

हिमाल प्रेस २७ वैशाख २०८२ ९:४८ | Saturday, May 10, 2025
महानगरले पूर्वराजालाई काटेको जरिवानाको रकम विदेशमा संकलन

काठमाडौँ- गत चैत १५ मा तीनकुनेमा प्रदर्शन गर्दा काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको रकम विदेशबाट उठाएर पठाइएको छ। राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णयसहित पत्र काटेको थियो।

महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेपछि राजावादीले भने पूर्वराजा आयोजक नभएकाले उनलाई पत्र काट्नु न्याय संगत नभएको जिकिर गर्दै आएका छन्।  महानगरपालिकाले लिएर गएको पत्र समेत निर्मल निवासले अस्वीकार गरेको थियो।

यसरी तीनकुने घटनामा बालेन शाह नेतृत्वको महानगरले पत्र काटेपछि विदेशमा बस्ने नेपालीहरुले उक्त जरिवाना नागरिकस्तरबाट तिर्ने भनेर पूर्वराजाको नाममा चन्दा संकलन अभियान समेत चलाएका थिए । जसमा पोर्चुगल बस्दै आएका रमेशराज बास्तोलालगायत सक्रिय रुपमा संलग्न थिए ।

सोही अभियानबाट उठाइएको रकम काठमाडौँ महानगरपालिकालाई त भुक्तानी गरिएको छैन तर राजावादीको अभियानलाई हस्तान्तरण गरिएको छ । हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य सचिव अंगत प्रसाद देवकोटालगायतले बिहीबार ८ लाख ३९ हजार ४०० रुपैयाँ राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

प्रकाशित: २७ वैशाख २०८२ ९:४८ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast