जुम्ला-रारा म्याराथनमा ५९१ धावक सहभागी हुँदै

हिमाल प्रेस २६ वैशाख २०८२ ११:१३
16
SHARES
जुम्ला-रारा म्याराथनमा ५९१ धावक सहभागी हुँदै

जुम्ला- भोलि शनिबार सदरमुकाम खलंगा बजारमा आयोजना हुने जुम्ला-रारा अल्ट्रा म्याराथन ५९१ जना धावक सहभागी हुने भएका छन्।

कर्णाली स्पोर्ट क्लबले आज पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा स्वदेशी ७४, पोल्याण्ड अमेरिका र फ्रान्सका एक-एक तथा भारतका दुई जना धावक सहभागी हुने बताए।

पाँच किमी दौडतर्फ कर्मचारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दूरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट दुई जना गरी कूल ५९१ जना धावक प्रतियोगितामा सहभागी हुने जानकारी उनले दिए।

म्याराथनका लागि २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २६ वैशाख २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast