भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार

हिमाल प्रेस २४ वैशाख २०८२ १७:२८
30
SHARES
भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार

काठमाडौँ– भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका हुन्।

उनले भने, ‘हामी दुवै देशका मित्र र साझेदार हौँ। हामी दुवै देशलाई सहयोग गर्न तयार छौँ। हाम्रो सन्देश के हुनेछ भने क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौँ र इच्छुक पनि छौँं,’ उनले बीबीसी रेडियोसँगको अन्तवार्तामा भनेका छन्।

पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत–पाकिस्तान सीमाको आठ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न र सबैलाई पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ।

उनले भने, ‘हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ। बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुनेछ।’-रासस/एएफपी

प्रकाशित: २४ वैशाख २०८२ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast