नीति तथा कार्यक्रम पुरानै शैलीमा आयो : सांसद श्रेष्ठ

हिमाल प्रेस २४ वैशाख २०८२ १७:२७
22
SHARES
नीति तथा कार्यक्रम पुरानै शैलीमा आयो : सांसद श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव भएको तर्क गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संस्कृतिक, अर्थतन्त्र, पर्यावरण र खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई यसले उचित स्थान दिन नसकेको टिप्पणी गरे।

रास्वपाको संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरता र सिद्धान्तविहिन बनेको धारणा राखे।

‘नीति तथा कार्यक्रम पुरानै शैलीमा आएको छ। विद्यमान समस्या समाधान गर्ने विकल्प छैनन्’, उनले भने,‘यसले आर्थिकमन्दीलाई सम्बोधन गर्न सक्दैन। पूर्वाधार मात्र हैन सेवा पनि विकास हो भन्ने नीति तथा कार्यक्रमले देखाउन सक्नुपर्ने थियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast