विश्वासको मत पाएपछि धेरै हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २६ पुष २०७९ १८:५० | Tuesday, January 10, 2023
विश्वासको मत पाएपछि धेरै हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभूति भएको प्रतिक्रिया दिएका छन्। मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनलाई हर्ष र गर्वको अनुभूति भएको बताएका हुन्।

ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको उनको भनाइ छ। आफूलाई प्रमुख प्रतिपक्षि दललगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिबद्धताहरू पूरा गर्न ऊर्जा प्राप्त भएको उनले बताए।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रुपमा चित्रण गर्न नहुने तर्क गरे।

प्रकाशित: २६ पुष २०७९ १८:५० | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast